२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

युनिकमद्वारा वाणिज्य संघका कर्मचारीलाई खाद्यान्न सहयोग


बिर्तामोड, साउन २४ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले झापामा उद्योग वाणिज्य संघका कर्मचारीलाई खाद्यान्न वितरण गरेको छ ।

लक डाउनका कारण प्रभावित युनिकमका सदस्यसमेत रहेका उनीहरुलाई एक महिनासम्म पुग्ने खाद्य सामग्री वितरण गरिएको केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले जानकारी दिए ।

युुनिकम अध्यक्ष पौडेलले बिर्तामोड उद्योग वाणिज्य संघका तीनजना कर्मचारीलाई संघमै पुगेर खाद्यान्न प्रदान गरेका थिए । लक डाउनका बेला आफ्ना कुनै पनि सदस्य भोकै बस्नु नपारोस् भनेर युनिकमले राहत वितरण गर्दै आएको छ ।

युनिकमले वाणिज्य संघका कार्यालय सहयोगीहरु मानिक रेग्मी, खड्गबहादुर खड्का र चन्द्रबहादुर भण्डारी प्रत्येकलाई चामल २५ किलो, दाल, नुन र खानेतेल एकएक किलो, आलु, प्याज, हरियो तरकारी, बेसार, मसलालगायत सामग्री प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer