झापा, माघ ५ । वीरता जेसीजको सन् २०२२ को नयाँ नेतृत्वले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको छ ।
वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको हो । वीरता जेसीजका सन् २०२२ का अध्यक्ष प्रविन खड्काको अध्यक्षता तथा वीरता जेसीजका पूर्वअध्यक्ष शेखर ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक दिवाकर प्रसाईंले स्वागत गरेका थिए । कार्यक्रममा वसन्त रिमालको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ढकालसहित निर्वमान अध्यक्ष राजवि धिमाल, वसन्त रिमाल, दिवाकर प्रसार्इंलगायतले शुभकामना मन्तवय राखेका थिए । प्रमुख अतिथिसहितको टोलीले सचिवालय रहेको शिव पाञ्चायन मन्दिरको छतमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेका थिए । उनले जेसीज सदस्य संस्थाप्रति जिम्मेवार बन्न आग्रह गर्दै रचनात्मक कार्यमा अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा वीरता जेसीजका सन् २०२२ का अध्यक्ष प्रविन खड्काले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको बताउँदै वीरता जेसीजलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
सोही कार्यक्रममा वीरता जेसीजका सन् २०२१ का अध्यक्ष राजीव धिमालले सन् २०२२ का अध्यक्ष खड्कालाई माइन्युट र साँचो हस्तान्तरण गर्दै बुझबुजारत गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका सन् २०२१ का महासचिव एलसी श्रेष्ठ र सन् २०२२ का महासचिव टिकाराम खतिवडाले संयुक्त रुपमा गरेका थिए ।
यसैबीच, वीरता जेसीजका सदस्य योगेश गिरीका पिताको निधनप्रति समवेदना व्यक्त गर्न पूर्वअध्यक्ष मिजास पोखरेलसहित वीरता जेसीजको टोली गिरीको घरमा पुगेको वीरता जेसीजका महासचिव खतिवडाले जानकारी दिए ।