२०८३ जेठ ८ शुक्रबार
Jhapa Today
Adv top

दारी ग्याङको आयोजनामा रक्तदान


बिर्तामोड, फागुन १९ । दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ५५ जनाले रक्तदान गरेका छन् ।

पछिल्लो समय झापा लगायतका विभिन्न जिल्लाहरुमा रगतको चरम अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको दारी ग्याङ झापाका अध्यक्ष तथा कार्यक्रम सभापति गोकुल पौडेलले जानकारी दिए ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समय सामाजिक कार्यमा निक्कै सक्रिय रहेको दारी ग्याङले केही समयअघि आफ्नो छैटौँ वार्षिक उत्सवको अवसरमा दमकमा पनि रक्तदान कार्यक्रम गरेको थियो भने आपतकालीन रगत व्यवस्थापन लगायत विभिन्न असहाय गरिब लगायतलाई आर्थिक सहयोग गर्दै आएको बताइएको छ ।

बुधबारे तल्लो चोकमा भएको रक्तदान कार्यक्रममा पूर्वेली साप्ताहिक पत्रिकाका अध्यक्ष चन्द्रप्रकाश कोइराला, रेडक्रस झापा जिल्ला सभापति लोकराज ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दारी ग्याङ झापाका सल्लाहकार सदस्य उमेश तिम्सिनाको संयोजनमा भएको कार्यक्रममा दारी ग्याङका सदस्य रामजंग क्षेत्रीले स्वागत गरेका थिए भने दारी ग्याङ झापाका सचिव विवेक सुन्दासले कार्यक्रम सञ्चालन गरेको दारी ग्याङ सदस्य दिपेश भट्टराईले जानकारी दिए ।

Adv footer