
बिर्तामोड, जेठ २३ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबलाई गृहजिल्लामा भव्य स्वागत सम्मान गरिएको छ ।


क्लबका खेलाडी, प्रशिक्षक तथा अफिसियललाई आज चन्द्रगढी विमानस्थलमा क्लबका पदाधिकारी र समर्थकहरुले स्वागत सम्मान गरेका हुन् ।


स्वागत गर्न रोलिङ क्लब धुलाबारीका पदाधिकारीहरु तथा बिर्तामोडका खेलप्रेमीहरु विमानस्थलल पुगेका थिए ।

‘सी’ डिभिजन लिग च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको झापा फुटबल क्लब हवाइमार्ग हुँदै चन्द्रगढीसम्म र त्यसपछि स्थलमार्ग हुँदै बिर्तामोड आएको थियो ।


यसैबीच, लिग विजेता टोलीलाई बिर्तामोडस्थित तामा रेस्टुरेन्टले केक काटेर बधाई तथा शुभकामना दिएको छ । रेस्टुरेन्ट सञ्चालक तथा धाइजन चारआली फुटबल क्लबका अध्यक्ष आशिष बनेको नेतृत्वमा केक काटेर सेलिब्रेन गरिएको थियो ।


सम्मान कार्यक्रममा बिर्तामोड ५ का वडा अध्यक्ष रोहित प्रसाईं, विराट ज्योति स्कुलका सञ्चालक सैलेन्द्र सिटौला, मेची डेन्टलका सञ्चालक नविन सिटौलालगायतको सहभागिता रहेको थियो ।

स्वयम्भु फुटबल क्लबलाई लिगको अन्तिम खेलमा ४–२ ले पराजित गर्दै झापाले ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको थियो ।
लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोडेको थियो ।

झापा फुटबल क्लबका खेलाडी तथा अफिसियलः
सञ्जय गुरुङ, टेकेन राना मगर, पेमा तामाङ, लक्ष्मण बेघा लिम्बू (कप्तान), सुमन मगर, विशाल थिङ तामाङ, सञ्जोग मगर, मनिष योङहाङ, पारस कार्की, पुजन राई, विशाल खवास, सन्दीप लिम्बू, निखिल तामाङ, दिनेश मुर्मू, विश्वास सुब्बा, सिद्धार्थ अधिकारी, विक्रम राई, आशिष गुरुङ, शान्तिराम बस्नेत, युवराज तामाङ, खगेन्द्र बयलकोटी, विशाल राई ए, हरिबहादुर मगर ।
टिम व्यवस्थापकः पेम्बु गुरुङ, टिम सहायक व्यवस्थापकः गोपाल राई, मुख्य प्रशिक्षकः अंकुरकुमार खड्गी, गोलकिप्पर प्रशिक्षकः रोशन शाह ठकुरी र अफिसियलहरुः रमेश गुरुङ, सन्तोष गुरुङ ।





