२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

कनकाईको प्राथमिकताः धार्मिक तथा पर्यटकीय नगरको पहिचान


बिर्तामोड, असार २० । नगर क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय स्थल अत्यधिक र सम्भावनायुक्त भएकाले झापाको कनकाई नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थललाई नगरको पहिचानको रुपमा स्थापित गर्ने जनाएको छ ।

Adv sidebar_1

रिपोर्टर्स क्लब नेपाल मेची शाखाद्वाारा आज आयोजित एक कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगरका प्रत्येक वडाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थललाई जोडेर नगरको पहिचानको रुपमा स्थापित गर्ने बताए ।

नगरको सभाहलमा आयोजित ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक जनप्रतिनिधिसँग साक्षात्कार कार्यक्रममा बोल्दै उनले नगरसँग भएको स्रोतसाधनलाई प्रयोग गरेर बजेट तथा कार्यक्रमहरु ल्याएको बताए ।

उनले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा समग्र नगरका विविध विषयलाई समेटेको बताए । नगरप्रमुख पोखरेलले नगरसँग भएको स्रोतसाधनका आधारमा नीति तथा कार्यक्रम ल्याइएको बताए ।

‘उत्पादन क्षेत्रलाई चारैतिरबाट जोड्ने प्रयास गरेका छौँ’ नगरप्रमुख पोखरेलले भने, ‘अर्गानिक तरकारी उत्पादनका लागि बजेट नै छुट्याएका छौँ ।’

उनले नगरमा हुने विपद न्यूनीकरण, कृषि बजारका रुपमा टहरा, धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकास, युवा स्वरोजगार कार्यक्रम, बालमैत्री नगर, नगर अस्पताल, कनकाई, अर्जुनधारा र बिर्तामोड नगर मिलेर फोहोरमैला व्यवस्थापन, शिक्षालगायत सबै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए ।

Adv block_7_1

त्यस्तै, नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरका सबै राजनीतिक दल र संघ÷संस्थाका प्रतिनिधिहरुको सल्लाह, सुझाव तथा उपस्थितिमा नगरको नीति, कार्यक्रम तथा बजेट ल्याएको बताइन् ।

रिपोर्टर्स क्लबको आयोजना तथा कनकाई नगरको आर्थिक सहयोगमा भएको साक्षात्कार कार्यक्रममा नगरका वडा नम्बर १ वडा अध्यक्ष सुशीलकुमार पोखरेल, २ का वडा अध्यक्ष बलराम राई, ३ का वडाअध्यक्ष युवराज चम्लागाईं, वडा नम्बर ७ की वडा सदस्य अरुणा सुब्बा, जिल्ल समन्वय समिति झापा सदस्य सन्तोष सुरेनलगायतले आआफ्नो भनाइ प्रस्तुत गरेका थिए ।

क्लबका अध्यक्ष शेखर सेडाईंले कार्यक्रमको अध्यक्षता, स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमलाई क्लबका उपाध्यक्ष तुलसीप्रसाद निरौलाले सञ्चालन गरेका थिए ।

Adv footer