२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

यु–१७ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट


बिर्तामोड, साउन २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–१७ राष्ट्रिय टोलीका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको छ ।

दुई साताअघि देखि खुल्ला छनोटमार्फत एन्फाले ७ सय बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरेको थियो ।

गत बुधबारदेखि भएको छनोट चरणबाट एन्फाले प्रारम्भिक चरणमा रहेका ६० खेलाडीबाट १५ खेलाडीलाई बाहिर राख्दै बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको हो ।

Adv sidebar_2

पछिल्लो समय एन्फाको आफ्नै एकेडेमी चुस्त नभएपछि एन्फाले खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्दै आइरहेको छ । यु–१७ टोलीको मुख्य प्रशिक्षकमा ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठ रहेका छन् ।

Adv sidebar_3

नेपाली युवा टोलीले एक महिनापछि श्रीलंकामा भदौ २० देखि भदौ २९ सम्म हुने यु–१७ साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान रहेका छन् ।

दोस्रो चरणमा छानिएका नेपाली युवा टोली

अभिषेक थोकर, अंकित गुरुङ, असिमजंग कार्की, विक्रम तामाङ, विनोद केसी, धनसिंह विक, धीरज विक, दिपक थापा मगर, दोलकबहादुर थापा मगर, गौरव महर्जन, हरिश भट्ट, जनप्रकाश बम, कृशल मोक्तान, कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मार्सल शाही,

Adv block_7_1

मिरक लिङ्देन, मुकेश घर्ती, निखेल सुनार, निराजन धामी, निर्देश राई, निरज कार्की, निशान्त तामाङ, पाल्देन गुरुङ, प्रशान्त लक्षम, प्रिभिअस सुनवार, प्रितम कार्की, राहुल बेलबासे, रितेश थापा मगर, रुविन बोगटी, समिर चन्द, समिर तामाङ, सरोज दर्लामी, सिजल राई, सिमन्त थापा, सोहन स्याङ्तान, सुवास गुरुङ, सुविन खड्का, सुजत डंगोल, सुजत खड्का, सुशील तामाङ, युनिश बुढाथोकी र युनिस मगर

Adv footer