२०८३ जेठ ८ शुक्रबार
Jhapa Today
Adv top

भारतविरुद्ध सानदार जित निकाल्दै नेपाल समूह विजेता


बिर्तामोड, भदौ २४ । श्रीलंकामा जारी साफ यु १७ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ ले पराजित गरेको छ ।

भारतविरुद्ध सानदार जित निकालेको नेपाल यु १७ पुरुष साफ च्याम्पियनसिपको समूह विजेता बनेको छ ।

नेपालको जितमा सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले एकएक गोल गरे । नेपालले सुरुआती एक गोलको अग्रता उल्टाएर भारतलाई हराएको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा १–१ को बराबरी गरेको नेपालले दोस्रो हाफमा २ गोल थपेको थियो ।

२५ औँ मिनेटमा भारतका लागि ड्यानी मेतीको गोलमा भारतले अग्रता लिएको थियो । ४५ औँ मिनेटमा सरोजले बराबरी गोल फर्काएका थिए ।

Adv sidebar_3


दोस्रो हाफको चौथो मिनेटमा नै युनेशको गोलबाट नेपालले अग्रता लिएको थियो । ६७ औँ मिनेटमा सुवासले गोल थपेका थिए । नेपाल र भारतले दुवैले पहिलो खेल जित्दै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

नेपाल समूहको विजेता र भारत उपविजेता बनेको छ । नेपालले ६ अंक जोड्दा भारतको ३ अंक मात्र छ । भुटान अंकविहीन रहँदै यसअघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ ।

Adv sidebar_4

समूह बीको अर्को टोली भुटानलाई नेपालले २–१ ले र भारतले ३–० ले हराएको थियो ।

समूह एमा आयोजक श्रीलंका, बंगलादेश र माल्दिभ्स छन् । समूह एको उपविजेतासँग नेपालले सेमिफाइनल खेल्नेछ ।

समूह एबाट बंगलादेशले दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाइसकेको छ ।

आजै हुने श्रीलंका र माल्दिभ्सबीच समूह चरणको अन्तिम खेलले समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्ने टोलीको टुंगो लगाउनेछ ।

नेपालले फाइनल प्रवेशका लागि यी दुई टिमबीचको विजेतासँग खेल्नेछ । दुवै सेमिफाइनल खेल सेप्टेम्बर १२ मा हुनेछ ।

Adv footer