मेचीनगर, पुस १४ ।





साथी तिमी कस्तो, दियौ साथ जब थिएँ हतास
साथी तिमी कस्तो, झिक्यौ हात जब लिएँ खास




सानो–ठुलो, उच्च–नीच नभनी दियौ साथ
पार्यौ किन यस्तो, रित्यायौ हात जब लिएँ खास




भन्थ्यौ बटुल आँट, दिन्छौ नि यी हात साथ
गर्यौ किन यस्तो, छुटायौ स्वास जब थिएँ आश




थियौ घाट अनि बल, भन्थ्यौ छोड नशा यी चिजको
पार्यौ किन यस्तो, पुछ्यौ माथा जब थिएँ चखेवा हाँस




साथी तिमी कस्तो, दियौ साथ जब थिएँ हतास
पार्यौ किन यस्तो, पुछ्यौ माथा जब थिएँ चखेवा हाँस




-दिलिप भण्डारी, धुलाबारी (झापा)