२०८२ कात्तिक १६ आइतबार
Jhapa Today
Adv top

प्रदेश छनोटको लागि अंकितको कप्तानीमा झापाको टिम घोषणा


बिर्तामोड, पुस १८ । सुनसरीमा हुने प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट छनोट प्रतियोगिताका लागि झापाको टोली घोषणा गरिएको छ ।

एक साताअघि काँकरभिट्टामा सम्पन्न बि डिभिजन लिग तथा जिल्लास्तरीय छनोट प्रतियोगितामार्फत झापाको टिम तयारी पारिएको हो ।

झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाका अनुसार प्रादेशिक छनोटका लागि १४ जना खेलाडी सम्मिलत टिम बनाइएको छ । संघले चारजना खेलाडीलाई वैकल्पिकका रुपमा टिममा राखेको छ ।

झापाको टिम

अंकित सुवेदी (कप्तान), भानु गौतम (विकेट किप्पर), समिर कार्की, सौजनप्रसाद घिमिरे, अभ्यास तिम्सिना, भूपालप्रसाद दंगाल, विपिन महतो, फजल रहमान, सुजन थपलिया, दिपु भुजेल, रुपक बराल, आशिक राना मगर, कमल खत्री, सिद्धार्थ कुमाल ।

वैकल्पिक खेलाडी

सुमिरन राई, उज्ज्वल काफ्ले, ज्ञानेन्द्र श्रेष्ठ, प्रेम सिंह ।

प्रशिक्षक: लाक्पा लामा, व्यवस्थापक: हिमाल विक

Adv footer