२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुर र काँकरभिट्टाबाट भन्सार छलेको सामान बरामद


बिर्तामोड, फागुन २ । झापा मेचीनगरको नकलबन्दा चर्च एरिया हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रण गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको उक्त सामान फेला पारेर नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी गरेको हो ।

प्रहरीले मंगलबार ७० थान पैजामा ७० हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, मंगलबार साँझ झापाको भद्रपुर नगरपालिका मेचीखोला किनार हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको ५० हजार रुपैयाँ बराबरको एसियन पेन्ट्सको १६ कार्टुन इनामेल, थ्रिनर र प्राइमर ८१ लिटर नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले फेला पारेर नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer