२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा आजदेखि दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल


बिर्तामोड, बैशाख ३१ । पूर्वेली युवा क्लबको आयोजनामा झापाको बिर्तामोडमा आजदेखि स्वर्गीय दुर्गादेवी श्रेष्ठ भेट्रान्स फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

उद्घाटनमा आयोजक निलो र हाम्रो इटहरी भेट्रान्स प्रतिस्पर्धा गर्दै छन् । डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा पूर्वका आठ टोली सहभागी छन् ।

प्रतियोगितका अन्य टिमहरुमा भरौल भेट्रान्स एफसी, विराटनगर भेट्रान्स एफसी, झिलझिले भेट्रान्स एफसी, चन्द्रगढी भेट्रान्स एफसी, इलाम भेट्रान्स एफसी र आयोजक रातो रहेका छन् ।

जेठ ७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ पाउने छ । संस्थाका अध्यक्ष रविन श्रेष्ठकी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

१५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित पूर्वेली युवा क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer