२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीलाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालयको सिफारिस


बिर्तामोड, जेठ २८ । काठमाडौँ विश्वविद्यालय (केयु) ले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ ।

सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको थियो ।

आदेशलगत्तै काठमाडौँ विश्व विद्यालयले कार्यकारी समितिको बैठकमार्फत चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो ।

काठमाडौँ विश्वविद्यालय, मेडिकल साइन्स विभागका डिन डक्टर मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरेको जानकारी दिए ।

सर्वोच्चले हामी (केयु) र चिकित्सा शिक्षा आयोगका नाममा १५ दिनभित्र सम्बन्धन दिनु भनी परमादेश दिएअनुसार आयोगलाई हामीले पत्राचार गरेका छौँ, हुमागाईंले भने, ‘परमादेशमा यसै वर्षबाटै एमबिबिएस पढाउन सुरु गर्न समेत आदेश दिएको छ । त्यो प्रचलित नियमअनुसार हुने कुरा हो ।’

यसअघि आफूहरुले पत्राचार गरेको भए पनि आयोगले रोकेको बताउँदै उनले अहिले भने सर्वोच्चको परमादेशमै सम्बन्धन दिनु भनेर आदेश भएकाले सोहीअनुसार आफूहरूले सिफारिस गरेको बताए ।

मेडिकल कलेज सञ्चालनका लागि सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले शिक्षा मन्त्रालय, काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायत सरकारी निकायलाई विपक्षी बनाई सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

बिएन्डसीले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशयपत्र लिई पूर्वाधार निर्माणलगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारीको काम गर्दै आएको थियो । ऐनको त्यही व्यवस्थाअनुसार सम्बन्धन पाउन बिएन्डसीले २०७६ सालमा आयोगमा निवेदन दिएको थियो ।

तर, त्यतिबेला आयोगले आशयपत्र नवीकरण नभएको कारण देखाउँदै सम्बन्धन स्वीकृति दिन अस्वीकार गरेको थियो ।

२०७६ र २०७७ मा गरेको सम्बन्धन प्राप्तिको प्रयास सफल हुन नसकेपछि बिएन्डसीका सञ्चालक प्रसाईं ३ वटा रिट लिएर २०७७ अन्तिममा सर्वोच्च गएका थिए । सर्वोच्चले रिटको सुनाइमा अग्राधिकार दिँदै आदेश गरेको हो ।

शिक्षा मन्त्रालयबाट आशयपत्र लिएर मेडिकल कलेजको पूर्वाधार तयार पारे पनि पठनपाठनका लागि सम्बन्धन नपाएको उनले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer