बिर्तामोड, साउन १६ । झापाको बुद्धशान्तिमा रहेको आदर्श युवा क्लबले स्थानीय एक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
आज एक कार्यक्रमका बीच बुधबारे बजारको बुद्ध आदर्श माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष मातृका श्रेष्ठका अनुसार विद्यनलयको शैक्षिक सुधार, अध्ययन र अध्यापनका लागि क्लबले प्रतिबद्धता जनाएअनुसार रकम प्रदान गरिएको हो ।
क्लबले २०८१ बैशाख १५ गतेदेखि २२ गतेसम्म आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगितामा ३० लाख ५२ हजार ७८८ रुपैयाँ आम्दानी तथा २५ लाख ३० हजार ८६६ रुपैयाँ खर्च भएर ५ लाख २१ हजार ९२२ रुपैयाँ बचत भएको थियो ।