२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

वैदेशिक रोजगारीमा एक वर्षमा साढे सात हजार ठगिए


बिर्तामोड, साउन २१ । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् । तीमध्ये तीन हजार ८३७ उजुरी फर्छ्यौट भएका छन् ।

ठगीमा उजुरीमा ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । उद्धार, राहत तथा समन्वय शाखामा एक हजार ४४२ उजुरी परेका छन् ।

तीमध्ये १७३ जनाको उद्धार गरिएको छ । त्यस्तै, दुई हजार ४४४ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

त्यस्तै, मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ९१६ उजुरी परेका छन् । तीमध्ये ४५५ उजुरीमा मिलापत्र गराइएको छ भने ३९० मुद्दा अदालतमा पठाइएको छ ।

प्रहरी शाखामा सबैभन्दा बढी तीन हजार ४०५ उजुरी परेका छन् । तीमध्ये ८६ को मात्रै मिलापत्र गराइएको छ । प्रहरीकहाँ परेका उजुरीमध्ये दुई हजार २१७ उजुरी फर्छ्यौट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer