बिर्तामोड, साउन २२ । झापा भद्रपुरका दुईजना युवा भारतबाट लागुऔषध ल्याउँदै गर्दा पक्राउ परेका छन् ।
प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो दिउँसो ४ः४५ बजे भद्रपुर-९ निन्दा खोलाको पुलमा उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भद्रपुर-९ घोडामारा बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण राईलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।
शंका लागेर जाँच गर्दा अरेन्जय राजवंशीको साथबाट प्लास्टिकसहित ५ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।
दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।