बिर्तामोड, भदौ २० । प्रहरीले झापाको मेचीनगरका विभिन्न स्थानबाट भनसार छलेर ल्याइएको कपडा बरामद गरेको छ । कपडा धनीबारे प्रहरी अन्योल छ ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर ६ टोकला बगान गेटबाट २ लाख ७५ हजार ५०० रुपैयाँको २७० थान पर्दा बरामद गरेको हो ।
त्यस्तै, धुलाबारी पेट्रोलपम्प आसपासबाट अवैध रुपमा भन्सार छलेर ल्याइँदै गरोको ४८ हजार रुपैयाँबराबरको जुत्ता बरामद गरेको हो ।
बरामद गरिएको सामग्री मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैबीच, सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याइएको अन्दाजी १० लाख मूल्यबराबरको कपडा बरामद गरेको छ । मेचीनगर–२ भृकुटीचोक दक्षिण पिपल चोकबाट सो कपडा बरामद गरेको हो ।