२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढीमा गणपति बेकरीको शाखा सञ्चालनमा


भद्रपुर, असोज १२ । झापाको भद्रपुर ८, चन्द्रगढी विमानस्थलअगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरीजन्य उत्पादनसहित क्याफे सञ्चालनमा ल्याएको छ ।

करिब ६० लाख लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा विमानस्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरीसहित क्याफे सञ्चालनमा ल्याइएको हो ।

गणपति बेकरीको तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बड्डे केक आफैँ उत्पादन गरेर ग्राहकको माग पूरा गर्ने सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।

गणपति बेकरीका हेडक्वार्टर प्रमुख राजु ढकालका अनुसार गणपतिको बिर्तामोडमा मुख्य उत्पादन उद्योग छ भने काँकरभिट्टा र चन्द्रगढीमा फ्रेन्चाइचमा लगिएकोले गुणस्तर मापदण्डको पालना गर्नेगरी शाखा स्वामित्व दिइएको हो ।

गणपति चन्द्रगढीका सञ्चालक रियाज ढकालले गुणस्तरीय उत्पादनमा जोड दिइने बताउँदै केकका लागि होम डेलिभरीको समेत व्यवस्था रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer