भद्रपुर, असोज १७ । बडादसैँको अवसर पारेर झापको चन्द्रगढीमा शाकाहारी खाद्य परिकारसहितको हिमालय फुडल्यान्ड सञ्चालनमा आएको छ ।
चन्द्रगढीमा पहिलोपटक फरक शैली र स्वाद लिएर सञ्चालनमा आएको फुडल्यान्डले जन्मोत्सव प्याकेजलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ ।
२५ लाख रुपैयाँ लगानीमा दीक्षा खनालले सञ्चालनमा ल्याएको फुडल्यान्डमा जन्मदिन मनाउन आउने व्यक्तिका लागि एक हजार ९९९ रुपैयाँमा केक, पिज्जा, बर्गर, बबलटी, फेन्जफ्राइ, पकौडा, मम, चाउमिन, सफ्ट ड्रिंक्स, पानीसहितको प्याकेज राखिएको छ ।
केक लिन नचाहनेका ग्राहकका लागि एक हजार ४९९ रुपैयाँमा अन्य परिकारसहित जन्मोत्सव मनाउन पाउनेगरी प्याकेज निर्धारण गरिएको सञ्चालक खनालको भनाइ छ ।
उनका अनुसार चन्द्रगढी क्षेत्रमा शाकाहारी खाद्य परिकार मात्र उत्पादान गरेर सेवा दिने फुडल्यान्ड नरहेकै कारण सुविधा सम्पन्न तीनवटा एसीसहितका क्याबिन तथा दुईवटा समान्य क्वाबिनबाट सेवा प्रवाह गरिनेछ ।
कफी तथा पिज्जाका लागि अन्यत्रभन्दा फरक र उत्कृष्ट स्वादसहित सेवा दिने जनाउँदै सञ्चालक खतिवडाले शुद्ध शाकाहारी खानाका लागि प्रमुख गन्तव्य स्थल बनाउने उद्देश्य रहेको जनाउँदै होम डेलीभरीको पनि व्यवस्था गर्ने जानकारी दिइन् ।