२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

काठ तस्करीको आरोपमा जामुनखाडीका पूर्वउपाध्यक्षसहित पाँच पक्राउ


बिर्तामोड, कात्तिक ११ । झापाको कनकाईबाट काठ तस्करीमा संलग्न वन समितिका पाँचजनालाई प्रहरी र वन कर्मचारीले पक्राउ गरेका छन् ।

कनकाईस्थित जामुनबारी सिमसार तथा जामुनखाडी सामुदायिक वनबाट काठ तस्करी गरी बेचेको आरोपमा उनीहरु पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

गोप्य सूचनाका आधारमा वन समितिका पूर्वउपाध्यक्ष दिलकुमार राई, सन्तोष किस्कू, सन्तोष राई, लक्ष्मण लुंगेली र निर्मल सार्की पक्राउ परेको डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा पूर्वउपाध्यक्ष राई र स्थानीय सार्कीको चाहिँ चोरीमा संलग्नता पुष्टि नभएको उनले बताए ।

उनीहरु डिभिजन वन कार्यालय झापाको हिरासत कक्षमा छन् । उनीहरुलाई कात्तिक ६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गा र सबडिभिजन वन कार्यालय कनकाईको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले वन हाताभित्र घाटगद्दी गरेको र घेराबारा गरेको साल र अन्य जातको करिब १८ क्युबी काठ चोरी गरेर सुरुङ्गास्थित युवराज खरेलको न्यु पाथिभरा फर्निचर उद्योगमा बिक्री गरेका थिए ।

उनीहरुलाई अवैध रुपमा वन पैदावर चोरी निकासी मुद्दामा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

उनीहरु दोषी देखिए तीन महिना कैद वा बिगोबमोजिम जरिवाना हुने कानुनी प्रावधान रहेको वन अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer