२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

कोलकातामा सुन्तला महोत्सव सुरु, नेपाली सुन्तलामा झुम्मिए बंगाली


बिर्तामोड, मंसिर २१ । झापासहित कोशी प्रदेशका सुन्तला र नगदेबाली सम्मिलित हिमालयन ओरेन्ज टुरिजम फेस्टिवल पश्चिम बंगालको कोलकातामा सुरु भएको छ ।

शुक्रबारदेखि छैटौँ सुन्तला महोत्सव सुरु भएको हो । महोत्सवमा नेपाल, भारत र भुटानमा उत्पादित सुन्तला बिक्रीका लागि राखिएको छ ।

एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमको आयोजनामा प्रत्येक दुई वर्षमा सुन्तला महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवको उद्घाघटन पश्चिम बंगाल सरकारका वरुणयन्त्रमन्त्री राजीव बोसले गरे ।

सुन्तला महोत्सवले कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ का लागि महत्त्वपूर्ण बन्न सक्ने जनाइएको छ । पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेलले आगामी भ्रमण वर्षमा लाखौँ भारतीय पर्यटक भित्र्याउन यो महोत्सव प्रभावकारी बन्ने बताए ।

महोत्सवमा पूर्वका इलाम, धनकुटा, ताप्लेजुङ, पाँचथर, लगायत विभिन्न जिल्लाका सुन्तला, अलैँची, एभोकाडो, किबी, बेलिचन्द लगायतका स्थानीय उत्पादनका एक दर्जन स्टल राखिएको छ।

कोलकाताको सल्टलेक सिटी सेन्टर क्षेत्रमा तीन दिनसम्म चल्ने महोत्सवमा नेपालका होटल, होमस्टे व्यवसायी, कृषक, कलाकार लागायत २०० जना सहभागी छन् ।

महोत्सवमा नेपाली सुन्तला चाख्नेको भीड लागेको छ । त्यस्तै, किबी, एभोकाडो लगायतका फलहरुमा बंगाली ग्राहकहरू झुम्मिएका छन् ।

Adv footer