२०८१ पुष २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

सिमेन्टको मूल्य घटाउने सहमति


बिर्तामोड, मंसिर २७ । निर्माण व्यवसायीसँगको छलफलपछि सिमेन्ट उद्योगी व्यवसायीहरूले सिमेन्टको मूल्य घटाउने सहमति गरेका छन् ।

बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेको बताए ।

उनका अनुसार काठमाडौँ उपत्यकामा अब ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूहरुले सिमेन्ट उद्योगीहरू धरासायी हुनेगरी बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।

सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरेका छन् । सिमेन्टको मूल्य प्रतिबोरा ७८० रुपैयाँसम्म पुगेको थियो ।

Comments are closed

Adv footer