२०८१ मंसिर २९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गिरीबन्धु चिया बगानमा बम राख्ने थप थपजना पक्राउ


बिर्तामोड, मंसिर २८ । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टि इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गोरखा पालुङटार-७ घर भई हाल जिल्ला तनहुँ ब्यास १४ बस्ने गौरव उपनाम भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ खोटेहाङ-७ कात्तिके टोल बस्ने समर्पण भट्टराई उपनाम भएका ३५ वर्षीय दिलिप भट्टराई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा मंसिर २५ गते पक्राउ गरी बिहीबार झापा जिल्ला अदालतबाट ९ दिन म्याद मिलान गरी इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।

यसअघि घटना गराएको करिब अढाई महिनापछि दुईजना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ-९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी-६ शिवालय टोल बस्ने २० वर्षीय धीरज माझी छन् ।

राजकुमारलाई उर्लाबारी-७ उर्लाबारी चोकबाट पक्राउ गरिएको थियो भने सोही दिन धीरज पथरीशनिश्चरे-१ जाँतेरोड चोकबाट पक्राउ परेका थिए ।

घटनापछि भागेका उनीहरुलाई सूक्ष्म रुपमा अनुसन्धान गरी पक्राउ गरिएको डिएसपी चन्दले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जिल्ला अदालतबाट विष्फोटक पदार्थसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।

गत भदौ २८ गते बिहान अन्दाजी ६ः१० बजे बिर्तामोड-६ स्थित गिरीबन्धुकै शमशेर एन्ड गंगादेवी टि स्टेट प्रालिको पश्चिम पर्खालनजिकै क्षति पुर्‍याउने उद्देश्यले उनीहरुले कुकर बम राखेका थिए । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टि स्टेटको जग्गा कब्जा किन..? लेखिएको पर्चा त्यहाँ भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer