२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

मोटरसाइकल दुर्घटनाका थप एक घाइतेको मृत्यु


बिर्तामोड, पुस १ । झापाको दमक र शिवसताक्षीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

दमकमा मोटरसाइकल अनियन्त्रित हुँदा तीनजनाको मृत्यु भएको हो । हिजो राति करिब १०ः१० बजे दमक–१० सेतुमारी चोक नजिक भित्री सडकखण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई–८ का २७ वर्षीय विराज थापा, मोटरसाइकलमा सवार गौरादह–५ की ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी राई भनिने ओमकुमारी राई घाइते भएका थिए ।

उनीहरूलाई तत्काल बिर्तामोडको बिएन्डसी अस्पताल ल्याइउको थियो । उपचारका क्रममा तीनैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, शिवसताक्षीमा ट्रयाक्टरसँग ठोक्किँदा एकजनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा भएको अर्को दुर्घटनामा मेचीनगर–५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो ।

हिजो साँझ करिब ७ बजे मे ९ प ६२४ नम्बरको मोटरसाइकल डाइभर्सनमा रोकिराखेको अवस्थामा को. २ त ४१४५ नम्बरको ट्रयाक्टरको पछाडिको भागमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक लिम्बू गम्भीर घाइते भएका थिए । उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

मोटरसाइकलको पछाडि बसेकी दमक-५ की ३५ वर्षीया अनिता राईको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer