२०८१ पुष ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाली सेनाको इम्प्यानल प्रतियोगितामा इस्ट होराइजन प्रथम


बिर्तामोड, पुस २ । अध्ययनसँगै अतिरिक्त क्रियाकलापका अब्बल रहेको धुलाबारीको इस्ट होराइजन अंग्रजी मावि नेपाली सेनाको इम्प्यानल प्रतियोगिताको अधिकांश कार्यक्रममा प्रथम भएको छ ।

नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले आयोजना गरेको इम्प्यानल विद्यालय खेलकुद प्रतियोगिता २०८१ मा इस्ट होराइजनले उत्कृष्ट नतिजासहित प्रथम स्थान हाँसिल गरेको हो ।

खेल संयोजक सेनानी नरेन्द्रप्रसाद खतिवडाका अनुसार ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा झापाका पाँचवटा विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रमअन्तर्गत इम्प्यानल खेलकुद प्रतियोगिता र अतिरिक्त क्रियाकलाप प्रतियोगितामा इस्ट होराइजन च्याम्पियन बन्यो ।

त्यस्तै, हाजिरीजवाफमा विद्यालयका प्रयास ढकाल र प्रश्ना कार्की, चित्रकलामा विनय राजवंशी प्रथम भए । भाषणकलामा शुभेक्षा कार्की दोस्रो र कविता प्रस्तुतिमा सनक्षा कार्की तेस्रो भए ।

फुटबलमा टावर टेम्पल स्कुल बिर्तामोड र छात्र तथा छात्रा भलिबलमा स्वस्तिका शिशु सदन अर्जुनधारा प्रथम भएका थिए ।

इस्ट होराइजन फुटबल र भलिबलमा उपविजेता बन्यो । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले पुरस्कार ग्रहण गरेका थिए ।

कार्यक्रममा नम्बर २१ बाहिनीका सहायक रथी युवधिर मानसिंह अधिकारी, गणका प्रमुख सेनानी गणपति प्राजु बस्न्यातलगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer