२०८१ पुष ६ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी मावि प्रथम


मेचीनगर, पुस ५ । झापाको धुलाबारी माध्यमिक विद्यालयले मेचीनगर नगरपालिकास्तरीय अन्तर विद्यालय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड आफ्नो कब्जामा पारेको छ ।

लगातार तेस्रोपटक मेचीनगर नगरपालिकास्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दै शिल्ड आफ्नो कब्जामा पारेको हो ।

मेचीनगर–२ बाहुनडाँगीस्थित मेची जनसाधारण माध्यमिक विद्यालय परिसरमा आज सम्पन्न प्रतियोगितामा सहभागी ५३ वटा विद्यालयलाई पछि पार्दै धुलाबारी मावि प्रथम बनेको हो ।

धुलाबारी मावि २६ स्वर्ण, १२ रजत र ८ कास्य गरी कुल ४६ वटा पदकसहित प्रथम भएको थियो । त्यस्तै, १३ स्वर्ण, ८ रजत र १३ कास्य गरी कुल ३४ पदक प्राप्त गर्दै बाल सुबोधिनी मावि मेचीनगर–१४ दुहागढी दोस्रो तथा ४ स्वर्ण, ४ रजत र ४ कास्यसहित कुल १२ पदक प्राप्त गर्दै काँकरभिट्टा माध्यमिक विद्यालय मेचीनगर–६ तेस्रो भए ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल, वडा नम्बर–२ का वडा अध्यक्ष दिपक बराल, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, कार्यपालिका सदस्य एवम् सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, वडा नम्बर २ का वडा सदस्य हरिनारायण न्यौपानेलगायतले शिल्ड, ट्रफी, मेडलसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा मेचीनगरका ५४ वटा विद्यालय सहभागी थिए । जिल्ला खेलकुद विकास समिति झापाको संयोजन, मेची जनसाधारण माध्यमिक विद्यालयको व्यवस्थापन र मेचीनगर नगरपालिकाको आयोजनामा प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा छनोट भएका विभिन्न विधाका ११० खेलाडीले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् । त्यसपछि छनोट भएमा प्रदेश र केन्द्रीय स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer