२०८१ पुष ११ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

शुक्रबारबाट पानी पार्ने प्रणाली भित्रिँदै


बिर्तामोड, पुस १० । देशका अधिकांश भूभागमा बादल लागेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने अनुमान गरिएको छ ।

तर, शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने सम्भावना छ । यो प्रणालीले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा बढी वर्षा गराउने पूर्वानुमान छ ।

शनिबार पनि देशैभर पूर्णतया बदली हुने र झापासहित केही भागमा हल्का वर्षाको सम्भावना छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही स्थानमा फाटफुट वर्षा भएको थियो । उच्च पहाडी र हिमाली भेगमा भने हिमपात भएको थियो ।

मंगलबारको तुलनामा आज मौसम सफा रहने मौसमविद डक्टर विनोद पोखरेलले बताए । तर शुक्रबार बेलुका फेरि पश्चिमी वायुको प्रभावले बदली र वर्षा हुने उनले बताए । ‘यो प्रणालीले पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ,’ पोखरेलले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer