२०८१ पुष २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

लागुऔषध प्रयोग गरेर गाडी चलाउने १४ जना पक्राउ


बिर्तामोड, पुस १४ । झापामा लागुऔषध सेवन गरेर सार्वजनिक यातायात चलाउने १४ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

दुई दिनअघि कमल–३ केर्खास्थित पूर्वपश्चिम राजमार्गमा चालकहरुको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण कार्यक्रमबाट १४ जना चालक तथा सहचालकलाई पक्राउ गरिएको हो ।

दुर्घटनाका विविध कारणमध्ये लागुऔषधको प्रयोग महत्वपूर्ण कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलको भनाइ छ ।

खासगरी काँकरभिट्टाबाट धरान तथा विराटनगर चल्ने सार्वजनिक सवारी साधन दुर्घटनाको एउटा महत्वपूर्ण पक्ष लागुपदार्थको प्रयोग भएको पौडेलले बताए ।

शंकास्पद चालक र सहचालकहरुको पिसाबको परीक्षण गर्दा १४ जनामा पोजेटिभ भेटिएकाले उनीहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।

लागुपदार्थ सेवन गर्नेहरुमा सार्वजनिक बस चालक ४ जना, सहचालक ६ जना, इभी चालक २ जना, सहचालक एकजना र मोटरसाइकल चालक एकजना रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमक र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा कमल गाउँपालिका र लायन्स क्लब अफ दमक स्विट सिटी/स्टर्न लाइन्सको समन्वयमा गरिएको कार्यक्रममा चालकहरुको रक्तचाप, आँखा तथा कान परीक्षणसमेत गरिएको थियो ।

Leave a Reply

Adv footer