२०८१ पुष २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेची क्याम्पसको छात्रावास सञ्चालनमा


भद्रपुर, पुस १५ । भद्रपुरको मेची बहुमुखी क्याम्पसको छात्रावास सञ्चालनमा आएको छ । यही पुस १० गतेदेखि पहिलो चरणमा छजना छात्रा सो छात्रावासमा बस्न थालेका छन् ।

क्याम्पसको महिला छात्रावास व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यार्थी कल्याण प्रमुख डम्बर रेग्मीका अनुसार समितिले छात्रावासमा बस्न चाहने विद्यार्थीहरूबाट आवेदन आह्वान गरेपछि २८ जनाले आवेदन दिएका थिए । त्यसमध्येका आवेदकहरू सम्पर्कमा रहेकाले अब क्रमशः अन्य छात्राहरू पनि बस्न थाल्ने उनले बताए ।

दुई वर्षअघि निर्मित दुईतले छात्रावास ४२ जना विद्यार्थी बस्न सक्ने क्षमताको रहेको छ । छात्रावासका लागि प्रत्येक विद्यार्थीले प्रवेश शुल्क ३ सय तिर्नुपर्छ भने धरौटीस्वरुप ५ हजार रुपैयाँ बुझाउनुपर्छ । प्रतिविद्यार्थी मासिक १ हजार रुपैयाँ शुल्क तय गरिएको छ ।

क्याम्पस प्रमुख जीवन पोखरेलका अनुसार त्रिभुवन विश्वविद्यालयको युनिभर्सिटी ग्रान्ट कमिसन (युजिसी) मार्फत उपलब्ध गराएको ३ करोड ७७ लाख रुपैयाँबाट छात्रावास भवन निर्माण भएको हो ।

क्याम्पस परिसरकै उत्तरतर्फ भने जीर्ण अवस्थामा छात्रहरूको आवास छ । ६ कोठे सो १ तले भवनमा पनि केही विद्यार्थी बस्दै आएको उनले बताए ।

Leave a Reply

Adv footer