२०८३ बैशाख ३१ बिहीबार
Jhapa Today
Adv top

राष्ट्रिय उच्च मावि क्रिकेटको कोसी छनोटमा दमकको आस्था कलेज च्याम्पियन


दमक, पुस १७ । राष्ट्रिय उच्च मावि क्रिकेट च्याम्पियनसिपको कोसी प्रदेश छनोटमा झापाको आस्था कलेज च्याम्पियन बनेको छ ।

इटहरीस्थित जनता क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा इटहरीकै सुष्मा गोदावरी कलेजलाई ७ विकेटले पराजित गर्दै दमकको आस्था कलेज च्याम्पियन बनेको हो ।

फाइनलमा सुष्माले दिएको ६३ रनको विजयी लक्ष्य पछ्याएको आस्थाले ५ दशमलव ४ बलमा ३ विकेट गुमाउँदै पूरा ग¥यो । आस्थाका लागि भूपाल दंगालले सर्वाधिक ३२ र सौजन घिमिरेले १४ रन बनाए ।

सुष्माका नजिर आलमले २ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सुष्माले निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो ।

सुष्माका लागि नजिरले सर्वाधिक २० र अन्जुल मेहेताले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

आस्थाका सौजनले ३ विकेट लिए । उनी प्लेयर अफ द फाइनल घोषित भए । उपाधिसँगै आस्थाले ५० हजार रुपैयाँ समेत पाएको छ ।

दुई दिनसम्म चलेको प्रतियोगितामा कोसी प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएर आएका छवटा कजेजहरुको सहभागिता रहेको थियो ।

प्रादेशिक विजेता आस्था कलेजले काठमाडौँमा आगामी माघ २३ गतेदेखि हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ ।

हाइपयेती इभेन्ट्स र इ–प्लानेट एजुकेसन कन्सल्टेन्सीको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा सातवटै प्रदेशबाट छानिएका टोलीहरू र आयोजक गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरू टि–टेन फम्र्याटमा हुनेछ ।

Adv footer