२०८३ बैशाख ३१ बिहीबार
Jhapa Today
Adv top

केटिएम सिटीको बिर्तामोड शोरुम सञ्चालनमा


बिर्तामोड, पुस १७ । नेपाली खेल सामग्री उत्पादक ब्रान्ड ‘केटिएम सिटी’ ले झापाको बिर्तामोडमा शोरुम सञ्चालनमा ल्याएको छ ।

शेर्पा आउटडोरको केटिएम सिटीले शनिश्चरे रोडमा रहेको केटिएम सिटीको भुइँ तल्लामा शोरुम सञ्चालनमा ल्याएको हो ।

आज एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले शोरुमको उद्घाटन गरे ।

शोरुममा जाडोका न्यानो कपडाहरु, टिसर्ट, जुत्ता लगायत विभिन्न खेल सामग्री प्राप्त गर्न सकिने बिर्तामोड शोरुमका सञ्चालक मनोज सिटौलाले जानकारी दिए ।

शोरुममा १९० रुपैयाँदेखि दुई हजार ४९० रुपैयाँसम्मका कपडा लगायत खेल सामग्रहीहरु उपलब्ध रहेको अर्का सञ्चालक विशाल भण्डारीले बताए । नयाँ वर्ष २०२५ को अवसरमा अफरसमेत सञ्चालनमा रहेको उनले जानकारी दिए ।

केटीएम सिटीले यसअघि राष्ट्रिय फुटबल टिमलाई खेल सामग्री प्रायोजन गरेको थियो । घरेलु मैदानमा भएको थ्रि नेसन्स कपमा नेपाली फुटबल टोलीले केटिएमको जर्सी लगाएर खेल्दै उपाधि समेत जितेको थियो ।

Adv footer