२०८२ साउन १ बिहीबार
Jhapa Today
Adv top

कृषि थोक बजारको शौचालय निर्माणमा अनियमितता, तत्कालीन अध्यक्ष पौडलमाथि अख्तियारको ‘एक्सन’


बिर्तामोड, पुस २५ । झापा बिर्तामोडको कृषि बजार व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कमल पौडेलको मिलेमतोमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाएको छ ।

आयोगको इटहरीस्थित कार्यालयले पुस २१ गते १० दिनको म्याद दिएर समितिको नाममा पत्र लेख्दै ‘स्पष्ट राय प्रतिक्रियासहित प्रमाणित कागजात उपलब्ध गराउन’ भनेको छ ।

तत्कालीन अध्यक्ष पौडेल समेतको मिलेमतोमा कृषि थोक बजार क्षेत्रमा समितिले बनाएको सार्वजनिक शौचालयमा आर्थिक अनियमितता भएको उजुरी परेपछि अख्तियारले एक्सन लिएको हो ।

१५-१६ लाख रुपैयाँका शौचालय निर्माण गरी ३७-३८ लाख रुपैयाँको बजेट पेस गरेको तथा प्रदेश सरकारबाट कोल्ड स्टोर निर्माणमा प्राप्त बजेटअनुसारको काम नगरेको तथा बजारभित्रका पसलहरु पौडेलले आफूलाई लाभ हुने व्यक्तिहरुलाई वितरण गरी भ्रष्टाचार गरेकोबारे बुझ्न अख्तियारले पत्र लेखेको जनाएको छ ।

तत्कालीन अध्यक्ष पौडेलको कार्यकालमा बजारको पूर्वउत्तरमा कोल्ड स्टोर र शौचालय निर्माणमा भएको थियो । बिर्तामोडमा रहेको यो बजार कोशी प्रदेशको ठुलो बजार हो । पूर्वी पहाडका कृषि उपजको पहिलो बजार बिर्तामोड कृषि थोक बजार हो ।

Adv footer