बिर्तामोड, पुस २६ । झापा शिवसताक्षीमा एक दम्पती लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
हिजो दिउँसो १२ः४० बजे शिवसताक्षी–११ मिलनकुमार राईको घरमा दमक–४ फूलबारी टोल बस्ने २६ वर्षीय सरूप राई र उनकी श्रीमती ३२ वर्षीया आरती मगर ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
घर खानतलासी लिँदा घरभित्र रहेको टेबलमाथि प्लास्टिकले पोका पारेर राखेको अवस्थामा प्लास्टिकबाहेक २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर भेटिएका थियो ।
दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
Comments are closed