२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

मंगलमय माविको वार्षिकोत्सवमा विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारी पुरस्कृत


दमक, पुस २७ । झापाको कमल गाउँपालिका–५ पाडाजुँगीमा रहेको मंगलमय माविले वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

५३ औँ वार्षिकोत्सव कार्यक्रममा विष्णुमाया थापा अक्षयकोषबाट २०८० सालमा कक्षा १२ सर्वोकृष्ट हुने छात्रातर्फ भीमाकुमारी बस्नेत र छात्रतर्फ कृष्ण बस्नेतलाई नगद तथा प्रंशसापत्रसहित पुरस्कृत गरियो ।

विद्यालयले यस वर्ष उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूतर्फ कुमार दाहाल, दिपक सापकोटा, रत्न थापा, सरोज श्रेष्ठ, प्रतिमा पन्त, रितादेवी खतिवडा, सरिता घिमिरे, राजकुमार ओझालाई सम्मान प्रदान गरेको शिक्षक देवराज बस्नेतले जानकारी दिए ।

त्यस्तै, उत्कृष्ट अभिभावकका रुपमा सावित्रा थापा, उत्कृष्ट विद्यार्थी शिला मर्डी, वर्ष अनुशासित विद्यार्थी स्मृति अधिकारी र वर्ष सरसफाइ विद्यार्थीका रुपमा दिवा रसाइली पुरस्कृत भइन् ।

त्यस्तै, विद्यालयबाट सेवानिवृत्त शिक्षकहरू ओमप्रसाद खनाल, अभिनारायण तिम्सिना, अम्बिकाकुमारी खड्कालाई सम्मान गरिएको प्रधानाध्याक मोहन बगालेले बताए ।

उनका अनुसार स्थानीय सामाजिक व्यक्तित्व तारादेवी अधिकारी बस्नेतले १ लाख १ हजार १११ रुपैयाँको रोशनबहादुर बस्नेत स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेकी छन् ।

यसैबीच, कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षागत रूपमा प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने विद्यार्थीहरु तथा पुस २४ र २५ गते आयोजित खेलकुद विधाका विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल रहेका थिए ।

Adv footer