बिर्तामोड, माघ २ । नारी सञ्चार गृह झापाको आयोजनामा डिजिटल रिपोर्टिङ तालिम सुरु भएको छ । बिर्तामोडको अर्किड होटलमा आजदेखि सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले पानसमा दिप बालेर तालिमको उद्घाटन गरेकी थिइन् ।
टेवाको सहयोगमा सञ्चालन भएको तालिममा झापा, मोरङ, सुनसरी र इलामका २५ जना पत्रकारको सहभागिता रहेको छ ।
संस्थाकी सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहालले शुभकामना मन्तव्य राखेकी थिइन् ।
संयोजकद्वय दिपा पोखरेलले स्वागत र ज्योस्ना श्रेष्ठले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए । रजनीश भण्डारी र दिनेश रेग्मीले तालिमको सहजीकरण गरिरहेका छन् ।
Comments are closed