बिर्तामोड, माघ ३ । झापाका दुईजना युवा क्रिकटर नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँग प्रशिक्षण लिनका लागि छनोट भएका छन् ।
छनोटमा पर्ने खेलाडीमा भद्रपुरका अंकित सुवेदी र शिवसताक्षीका सुजन थपलिया रहेका छन् । नेपाल क्रिकेट संघले सञ्चालन गर्ने ब्याटिङ क्याम्पका लागि उनीहरु छानिएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीहरुको खेल क्षमता अभिवृद्धि गर्ने अभिप्रायले ब्याटिङ क्याम्प सञ्चालन गर्दैछ । माघ ४ गतेदेखि १२ गतेसम्म क्याम्प सञ्चान हुनेछ ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर र माथिल्लो मुलपानी क्रिकेट मैदानमा मुख्य प्रशिक्षक देसाईको प्रत्यक्ष निगरानीमा क्याम्प सञ्चालन गर्न लागिएको लामाले जानकारी दिए ।
सुवेदीले दुईवटा पिएम कप खेलेका छन् भने राष्ट्रिय प्रतियोगितामा ५० ओभर खेलिसकेका छन् । भद्रपुर क्रिकेट क्लबका खेलाडी उनी गत वर्ष सिनियर राष्ट्रिय टिमको क्याम्पमा परेका थिए ।
त्यस्तै, थपलियाले पछिल्लो पिएम कपमा शतक प्रहार गरेका थिए भने गत संस्करणको नेपाल ए खेलेका थिए । उनी दमकमा बसेर प्रशिक्षण लिँदै आएका छन् ।
Comments are closed