बिर्तामेड, माघ ५ । झापाको मेचीनगरबाट भन्सार छलेर भित्र्याएको अवैध मदिरासहित मोरङका एकजना मानिस पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा-८ बस्ने ४० वर्षीय शंकरप्रसाद प्रसाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हिजो साँझ ६ः३० बजे मेचीनगरको चारआली चोकमा विभिन्न सवारी साधनहरुलाई जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ओल्ड मन्क १६८ पिस र सिक्किम २००० लेखिएको ७२ पिस गरी जम्मा २ लाख ४० हजार मूल्यबराबरको मदिरासहित उनी पक्राउ परेका हुन् ।
त्यस्तै, हिजो राति मेचीनगर ६ हनुमान मन्दिरमा अवैध रुपमा ल्याएर राखेको अन्दाजी १ लाख २ हजार ५०० मूल्यबराबरको उपभोग्य सामानहरु बेवारिसे अवस्थामा भेटिएको छ ।
ती सामान बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।
Comments are closed