२०८१ माघ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

इस्ट होराइजनलाई मलेसियामा ‘बेस्ट अलराउन्डर स्कुल’ सम्मान


बिर्तामोड, माघ ६ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको झापा धुलाबारीको इस्ट होराइजन मावि मलेसियामा सम्मानित भएको छ ।

इस्ट होराइजन मावि “बेस्ट अलराउन्डर स्कुल” विधातर्फ विद्यालय मलेसियामा आयोजित वल्र्ड स्कुल समिटमा सम्मानित भएको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

१६ देखि १८ जनवरीसम्म हेल्प युनिभर्सिटी मलेसियामा आयोजित विश्वका १०० भन्दा बढी विद्यालयका प्रतिनिधिमाझ इस्ट होराइजन सम्मानित भएको हो ।

विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापमा आफ्ना विद्यार्थीलाई अब्बल बनाउन, अहिलेको शैक्षिक आवश्यकता परिपूर्ति गर्न विद्यालयले गरेको रचनात्मक र कलात्मक उत्कृष्टता बाहिर ल्याएकोमा गर्व लागेको प्रमुख प्रशासक सावित्री सापकोटा राईले बताइन् ।

वर्तमान शैक्षिक अवस्था, ग्लोबल सिटिजन, त्यसका लागि आवश्यक शिक्षाको बारेमा विभिन्न देशका शिक्षाविदहरुले बहस चलाएका थिए ।

सोही अवसरमा संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड स्टेट विश्वविद्यालयले माविका प्रिन्सिपल सञ्जीव राईलाई “डाक्टर अफ फिलोसफी शिक्षा” मानाथ्र्य उपाधिले सम्मानित भएका छन् ।

प्रिन्सिपल राई २०७२ सालमा अन्तर्राष्ट्रिय साक्षारता दिवसको अवसरमा नेपाल सरकार शिक्षा मन्त्रालयवाट पनि सम्मानित भएका विद्यालयका शिक्षक महेश खड्काले जानकारी दिए ।

Comments are closed

Adv footer