२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

फिदिमका दुई किशोरी र झापाका दुई युवा ब्राउनसुगरसहित पक्राउ


बिर्तामोड, माघ ८ । झापाको झापा गाउँपालिकामा ब्राउनसुगर लुकाएर ल्याउने दुईजना किशोरीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फिदिम ४ बस्ने १९ वर्षीया रदिमा बर्देवा र सोही ठाउँकी १९ वर्षीया इन्दिरा लिम्बु छन् । उनीहरुलाई १ ग्राम ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

त्यस्तै, कनकाई-८ का २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा-५ का ३० वर्षीय प्रविण गिरी रहेका छन् । उनीहरुलाई हिजो साँझ ६ः१५ बजे झापा गाउँपालिका–५ पन्थापडाबाट पक्राउ गरिएको हो ।

भारतको दिघलबैंकबाट नेपाल आउँदै गरेका बर्देवा र लिम्बुलाई १ ग्राम ६० मिलिग्राम ब्राउनसुगरसहित झापा गाउँपालिका १ लसुनामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, दिघलबैंकबाटै नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकल पछाडि चढेका राजवंशीले मलद्वारमा प्लास्टिकले पोकामा ल्याउँदै गरेको १२ ग्राम २० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।

प्लास्टिकबाहेक १० ग्राम १५ मिलिग्राम ब्राउनसुगर र मोटरसाइकलसहित मोटरसाइकल चालक गिरी र राजवंशीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरु चारजनालाई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer