२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

आदर्शका विद्यार्थीलाई छात्रवृत्ति


बिर्तामोड, माघ ११ । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले जेहेन्दार, आदिवासी तथा सीमान्तकृत समुदायका आफ्ना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

शैक्षिकसत्रको सुरुमै घोषणा गरेको छात्रवृत्तिलाई आन्तरिक परीक्षाको नतिजापछि घोषणा गरिएको कलेजका आउटरिच कोर्डिनेटर दिपक दासले जानकारी दिए ।

कक्षा ११ होटल मेनेजमेन्टतर्फ मानस राजवंशी, सपना राजवंशी र श्रवण हेमरमलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।
त्यस्तै, कक्षा १२ बिजनेस स्ट्डिजतर्फ समिर हेमरमलाई सतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रममा बिर्तामोड ३ नम्बर वडा अध्यक्ष मदन बुढाथोकीले वडाबाट सिफारिस भई निःशुल्क बारिस्टा सिकेका युवा सेफ राज पौडेल, हस्पिटालिटी विज्ञ निरज श्रेष्ठ, सुरुवाती कोठा नेपालका कोषाध्यक्ष यज्ञराज कडरिया, आदर्श कलेजका डाइरेक्टर सञ्जोग खरेल, अभय राजवंशीले भाक्का दिवसका स्वयमसेवक विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रशंसापत्र प्रदान गरेका थिए ।

Adv footer