२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

निदि–आदर्श युनिटी फुटबल लिग जारी


बिर्तामोड, माघ १८ । निदि–आदर्श युनिटी फुटबल लिग कपको दोस्रो दिनको प्रथम खेलमा निदि–१५ ले साइन्सलाई हराएको छ ।

टिम निदि–१५ र साइन्सबीच भएको प्रतियोगितामा निदि–१५ ले ५–० गोल अन्तरले जितेको हो । निदिका लागि पुजन ढकालले २, विवश खतिवडा, डेनिस चौहान, रोनान बस्नेतले १÷१ गोल गरेका थिए । निदि–१५ का मौसम क्षेत्री प्लेयर अफ द म्याच भए ।

आजै भएको दोस्रो खेलमा आदर्श पर्पलले बिजनेसलाई १–० ले गोल अन्तरले हरायो । आदर्श पर्पलबाट एक गोल गर्ने पवन बास्के प्लेयर अफ द म्याच भए ।

दैनिक तीनवटा खेल हुने प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा निदि बिबिएसले आदर्श निलोलाई १–० गोल अन्तरले हरायो । गोलकर्ता राम महतरा प्लेयर अफ द म्याच भएको आदर्श स्कुल अफ म्यानेजमेन्टका आउटरिच मेनेजर दिपक दासले जानकारी दिए ।

Adv footer