![](https://jhapatoday.com/wp-content/uploads/2025/02/btmgirls-1024x541.jpeg)
बिर्तामोड, माघ २८ । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।
आज भएको पहिलो क्वार्टर फाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका विकले खेलको पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यस्तै, समीक्षा मगरले २० औँ मिनेटमा गोल गरेर कनकाईको अग्रता दोब्बर बनाइन् ।
![](https://jhapatoday.com/wp-content/uploads/2025/02/btmgirls1-1024x886.jpeg)
समीक्षाले गोल गरेको १ मिनेटमै पूर्णिमा राईले गोल गर्दै ३-० गोलको फराकिलो अन्तरमा पुर्याइन् । खेलको ४३ औँ मिनेटमा थप गोल गर्दै पूर्णिमाले व्यक्तिगत दुई गोल गरिन् । उनी प्लेयर अफ द म्याच बनिन् ।
भोलि अर्जुनधारा नगरपालिकाले झापा गाउँपालिकासँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।
Comments are closed