
बिर्तामोड, फागुन १६ । बाह्रदशी गाउँपालिका-७ डाँगीबारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सवको अवसर आयोजित मैत्रीपूर्ण फुटबल बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ ले जितेको छ ।
बाह्रदशी गाउँँपालिका अध्यक्ष ११ र बाह्रदशी शिक्षक ११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । प्रतियोगताको उद्घाटन बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईंले गरेका थिए ।
गौरीशंकर माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा बाह्रदशी शिक्षक ११ टिमलाई टाइब्रेकरमा ५–४ ले अन्तरले पराजित गर्दै कर्मचारी टिम विजयी भएको हो ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमार्फत खेलको निर्णय लिइएको थियो । प्रतियोगितामा प्लेयर अफ द म्याच बाह्रदशी शिक्षक ११ टिमका जीवन धमला घोषित भए ।
प्रतियोगिताका विजयी टिमलाई गाउँपालिका अध्यक्षा चम्लगाईं, प्रमुख प्रशासकीय अधिकृत जर्नादन निरौलाले ट्रफी हस्तान्तरण गरेका थिए ।
गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईन्द्रबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लोचनकुमार गुरागाईंले गरेका थिए ।
गौरीशंकर माध्यमिक विद्यालयको ६६ औैँ वार्षिकोत्सव आगामी फागुन २० गते मनाउने तयारी गरिएको विद्यालयका प्रधानाध्याापक लेखनाथ कटुवालले जानकारी दिए ।