२०८१ चैत्र २५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेटः सरस्वतीलाई हराउँदै थन्डर सेमिफाइनलमा


मेचीनगर, फागुन २४ । झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ ।

सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले सर्वाधिक १८ रन बनाए ।

उनले २० बल खेल्दै १८ रन बनाएका हुन् । त्यस्तै, समिर महराले १४ बलमा १७ तथा सुनिल मिश्र र प्रेम सिंहले समान १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा सरस्वती ७९ रनमै अलआउट भएको थियोे ।

बलिङतर्फ थन्डरका लागि रोहित राजवंशीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, एलिट राईले २ विकेट हात पारे भने शिव राजवंशी, चन्द्र भट्टराई, आयुष न्यौपाने र विजय भट्टराईले समान १–१ विकेट लिए ।

८० रनको विजयी लक्ष्य पछ्याउने क्रममा थण्डरले ७.४ ओभरमा ४ विकेट गुमाउँदै जित निकाल्न सफल भयो । थन्डरका लागि विराट डाँगीले नटआउट २३ बलमा ४३ रन बनाए भने चन्द्र भट्टराईले १६ बलमा २० तथा नृत्यले ६ बलमा १६ रन बनाएका थिए ।

बलिङतर्फ सरस्वतीका युवराज श्रेष्ठले ३ तथा नवराज भुजेलले १ विकेट लिए । प्रतियोगिताको प्लेयर अफ द म्याच थन्डरका रोहित राजवंशी भए । उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे । उनले ४ विकेट लिएका थिए ।

प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Adv footer