२०८१ चैत्र १ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा


मेचीनगर, फागुन २९ । झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ फाइनल प्रवेश गरेको छ ।

सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनाएको थियोे । पेनोरिसका लागि शुभांकर देवनाथले सर्वाधिक ४३ रन बनाए ।

त्यस्तै, सिन्टु देव र एमडी अहमदले समान २७/२७ रन प्रहार गरे भने कुमार रोयले २५ तथा विनोमली रोय र अरिन्दम रक्षितले समान १७/१७ रन बनाए ।

बलिङतर्फ बौद्धमोडका लागि सुजन रिजालले सर्वाधिक ४ विकेट हात पारे । त्यस्तै, अमन विश्वकर्माले ३ तथा भोला रोयले २ विकेट हात पारे भने रोमसन एमडीले १ विकेट लिए ।

१८४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बौद्धमोडले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाउन सक्यो । बौद्धमोडका लागि रमजान एमडीले सर्वाधिक ४० रन बनाए ।

त्यस्तै, सागर मजुमदारले २९ रन, रोशन शर्माले २४ तथा अमन विश्वकर्माले २२ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा बौद्धमोड सेमिफाइनलबाटै बाहिरिएको हो ।

बलिङतर्फ पेनोरिसका लागि राकेश रोय र सुनिल घोषले समान ३/३ विकेट लिए भने एमडी अहमदले २ तथा करणजीत शाह र बेनोमोली रोयले समान १/१ विकेट हात पारे ।

प्रतियोगिताको प्लेयर अफ द म्याच पेनोरिसका शुभांकर देवनाथ भए । उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Adv footer