
बिर्तामोड, फागुन २९ । झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो ।
उपाधिसँगै न्यु स्टारले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित धरानले नगद १ लाख ६० हजारमा चित्त बुझाएको छ ।
न्यु स्टारले १० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि एक मात्रै निर्णायक गोल खेलको ७५ औँ मिनेटमा निश्चल बस्नेतले गरेका थिए ।
फाइनल खेलको प्लेयर अफ द म्याच निर्णायक गोलकर्ता निश्चल बस्नेत भए । उनले नगद ३ हजार प्राप्त गरे ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता न्यर स्टारका निश्चल बस्नेत, उत्कृष्ट मिडफिल्डर आरके कन्दङवा, प्लेयर अफ द टुर्नामेन्ट न्यु स्टारका कप्तान विजय राई, उत्कृष्ट प्रशिक्षक अनुभ केदेम भए ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर धरानका निशान थापा मगर र उत्कृष्ट डिफेन्डर राजु थापा भए । उनीहरु सबैले ३÷३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।