२०८३ बैशाख २५ शुक्रबार
Jhapa Today
Adv top

एनसिडिए झापाद्वारा कोशी प्रदेश समितिलाई सम्मान


दमक, चैत २२ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले संघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित कोशी प्रदेश समितिलाई स्वागत तथा सम्मान गरेको छ ।

आज दमकमा आयोजित एक कार्यक्रमका बीच संघले कोशी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत सम्मान गरेको हो ।

संघका अध्यक्ष जीवनकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका पूर्वअध्यक्ष राजेन्द्र ढकाल, विशेष अतिथिहरु पूर्वअध्यक्ष विश्वनाथ दाहाल, केन्द्रीय सदस्य गौतम गुप्ता लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संघका महासचिव विष्णु पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष गोविन्द अधिकारीले गरेका थिए भने समापन मन्तव्य थोक उपाध्यक्ष विवेक बजगाईंले गरेका थिए ।

संघका अध्यक्ष खड्काले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष धनराज काफ्लेले आफ्नो टिमको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

Adv footer