२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ, १० लाख पर्यटक भित्र्याउने लक्ष्य


बिर्तामोड, चैत २७ । कोशी प्रदेश सरकारले तेह्रथुमको प्रसिद्ध तीनजुरे क्षेत्रको आरआर गार्डेनबाट कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेको छ ।

कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गरेका हुन् ।

मुल आयोजक समितिका अध्यक्ष एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष सुरु गरिएको बताए ।

उनले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गरे । उनले २०८२ सालमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको बताए ।

कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले स्वागत गरेका थिए भने मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटन वर्षको औचित्यमाथि प्रकाश पारेका थिए ।

Adv footer