२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा फुटबल क्लबको लगातार जित, उक्लियो पाँचौँ स्थानमा


बिर्तामोड, चैत २७ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लब विजयी भएको छ । जारी लिगमा झापाको यो लगातार दोस्रो जित हो ।

झापाले पाँचौँ चरणको खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) लाई २–१ गोल अन्तर हराएको हो । खेलको २० औँ मिनेटमा प्रदिप बुढाथोकीले पेनाल्टीमा गोल गर्दै पहिले अग्रता बनाए ।

त्यस्तै, खेलको ४२ औँ मिनेटमा झापा अग्रता दोब्बर बनाउन सफल रह्यो । उसको लागि मनिष लिम्बूले गोल गरे । पहिलो हाफमा झापा २–० ले अगाडि बढ्यो ।

२–० पछि परेको आरसिटीको लागि प्रज्ज्वल गुरूङले ५५ औँ मिनेटमा एक गोल फर्काए । योसँगै आरसीटीले खेलमा फर्कने संकेत देखायो । तर, त्यसपछि दुवै टिमबाट गोल भएन ।

खेलको प्लेयर अफ द म्याच झापाका प्रदिप बुढाथोकी भए । उनले नगद सात हजार ५०० रुपैयाँ र ट्रफी पाए ।

लगातारको दोस्रो जितमा झापा ७ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । झापाले ५ खेलमा २ जित, १ बराबरी र २ हारमा ७ अंक बनाएको हो ।

Adv footer