
बिर्तामोड, चैत २६। नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ मा प्रथम पाइला अभियानकी संस्थापक अध्यक्ष मेनुका ओलीले ११ हजार रुपैयाँ सहयोग गरेकी छन्।
वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष समेत भएकी ओलीले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार नेपाल पत्रकार महासंघ झापालाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
अध्यक्ष ओलीले पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने र विनिशा शर्मा तथा सचिव प्रदीप परियारलाई सहयोग रकम हस्तान्तरण गरिन् ।
जन्मदिनमा अनावश्यक खर्च गर्नु भन्दा सामाजिक अभियानका काममा जोडिनु उपयुक्त हुने ठानेर यसपटक सञ्चारकर्मीको हितमा स्थापना भएको उपचार कोषलाई सहयोग गरेको अध्यक्ष ओलीले बताइन् ।
यसअघि आफूले सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक, शैक्षिक सामग्री र व्हील चेयर समेत वितरण गरेको बताउँदै ओलीले आगामी दिनमा थप रचनात्मक काम गर्दै जाने बताइन् ।
महासंघका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकार सहारा उपचार कोषमा अहिलेसम्म एक करोड ११ लाख रुपैयाँ भन्दाबढी रकम जम्मा भइसकेको छ ।