२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा फुट-७ कप खुला फुटसल प्रतियोगिता हुने


बिर्तामोड, बैशाख ६ । झापाको बिर्तामोडमा सात खेलाडी सम्मिलित खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही बैशाख १९ र २० गते हुनेछ ।

नेपालकै ठुलो दाबी गरिएको बिर्तामोड-५ स्यालडाँगीनजिकै रहेको फुटसल कोर्टमा हुने प्रथम बिर्तामोड फुट-७ कप खुला फुटसल प्रतियोगिता बिर्तामोड स्पोट्र्स सेन्टरले आयोजना गरेको हो ।

सेन्टरका सञ्चालक गणेश कटुवालका अनुसार पूर्वमा अहिलेसम्मको ठुलो पुरस्कार राशीको फुटसल हुन लागेको हो । प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार पाउनेछ ।

२४ वटा टिम सहभागी हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, ट्रफी र मेडल पाउनेछन भने उच्च गोलकर्ता र गोलकिपरले नगद पाँच हजार, ट्रफी र मेडल प्राप्त गर्ने सञ्चालक सञ्जीव प्रसाईंले बताए ।

त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद एक हजार पाँच सय, ट्रफी र मेडल पाउनेछ । प्रतियोगिताको तयारी धमाधम भइरहेको कटुवालले बताए ।

Adv footer